दफा ३५
लेखा र लेखा परिक्षण
(१) समितिले आफ्नो आर्थिक कारोबारको हिसाब, किताबको लेखा दुरुस्त राख्नु पर्नेछ । त्यस्तो लेखामा अन्य कुराको अतिरिक्त समितिको काम कारवाहीको बास्तविक स्थिति स्पष्ट हुने गरी आर्थिक कारोबार, प्रत्येक आम्दानी खर्चको विवरण, मालसामानहरुको खरिद, बिक्री र समितिको जायजेथा तथा दायित्वको बिस्तृत विवरण खोलिएको हुनु पर्नेछ । (२) समितिको लेखा परिक्षण महालेखा परिक्षकको विभागबाट हुनेछ । (३) नेपाल सरकारले चाहेमा समितिको हिसाब किताब संबन्धी कागजात र अरु नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न, जँचाउन सक्नेछ ।